My interview with DEVENDRA BHATTARAI took place on 1 August 2019 and was published in the print edition of Koseli, the weekly supplement to Kantipur, and also on-line on 22 September (4 Ashwin 2076). Currently available on the newspaper's site at https://ekantipur.com/koseli/2019/09/21/156903910125744909.html , it provides a broadly accurate picture of the SWAY project and my own role in it but there are a number of inacuracies, for which I have to accept responsibility myself as, apart from the possibility that I failed to make myself clear in the interview, I forgot to respond in time to the draft advance text I was been sent two days before publication! Here is a list of points which need correction or clarification:
The Nepal Press Digest, which I relied heavily on in the old days, was the work of Mahesh Chandra Regmi Regmi, not Dilli Rahman. My other main resource in HK before the Internet era was a subscription to Saptahik Bimarsha. Family oral traditions (assuming this is what is meant by केही नेपालीको बूढा पुस्ता) were one of the sources for my earlier work on 19th century politics before I moved to Hong Kong.
The full name of the project I am currently (September 2019) involved in is `After the Earth’s Violent Sway’ (not `After the Earth Violent Sway’)
Although in some respects Juddha did well, I am not quite as enthusiastic about his policies as the write-up suggests. He was concerned to protect his own family’s position and worried not so much about any threat from the British Raj as from the Indian National Congress, which he realized would eventually be in power and which he was afraid might regard Nepal as another Indian state to be incorporated in the new nation. Evaluation of Juddha's performance is particularly tricky because of a lack of an independent press at the time. Brahma Shamsher's account (like Niranjan Thapa's of the 2045 V.S.(1988) quake) naturally shows the government in a good light, whilst Purushottam Rana, reflecting his own C-class family's perspective, paints a very different picture,. The only thing we can be confident about is the resilience at grassoots level,
I am reported as claiming that awareness of the earthquake threat only really started after the 2015 quake. In fact awareness of the problem among the intelligentsia was aroused by the 1988 quake, but actual enforcement of building regulations on those reconstructing their homes only took place after 2015.
It is uncertain how far loans after the 1988 earthquake, which were in some cases changed into outright grants. were influenced by political favouritism. The programme for home reconstruction was fairly successful but the urban development scheme linked with it was regarded by the World Bank as a failure. Banks appear to have been reluctant after 2015 to provide the subsidised loans which the government intend as supplements to the recontruction grants (Suji et al.2019; Limbu et al. 2019: ix) perhaps because of bad experiences with similar loans after 1988.
REFERENCES: Limbu, Bina, Nabin Rawal, Manoj Suji, Prakash Chandra Subedi, Jeevan Baniya 2019. Reconstructing Nepal: Post- Earthquake Experiences from Bhaktapur, Dhading and Sindhupalchowk. Kathmandu: Social Science Baha. Rana, Brahma Shumshere Jung Bahadur 2013. The Great Earthquake in Nepal (1934 A.D.), translated by Kesar Lall. Kathmandu: RatnaPustakBhandar. Suji, Manoj, Philippe le Billon & Dinesh Paudel. 2019: `Earthquakes and Cashflows: Households and disaster financialization in Post-earthquake Nepal' Paper presented at the Kathmandu Conference on Nepal and the Himalaya, 24- 26 July. Thapa, Niranjan 1989 [2045]. Bhadau Panchko Bhukampa 2045 [Earthquake of 21 August 1988]. Kathmandu:.the author,
बेलायती नागरिक जोन ह्वेप्टन भन्छन्, 'जुद्धशमशेर तानाशाह मात्रै थिएनन्'
आश्विन ४, २०७६ कान्तिपुर संवाददाता बेलायती नागरिक जोन ह्वेप्टन चाइनिज युनिभर्सिटी अफ हङकङमा रिसर्च एसोसिएसट छन् । अ हिस्ट्री अफ नेपाल’ (सन् २००५) पुस्तकका लेखक ह्वेप्टन विशेषतः जंगबहादुरको उदय, राणाकालीन नेपाल र त्यसपछिको प्रजातान्त्रिक जागरण युग सम्बद्ध अध्येता हुन् ।
उनका 'जंगबहादुर इन युरोप’ (१९८३), 'नेसनालिजम् एन्ड इथ्निसिटी इन अ हिन्दू किङडम’ (१९९७), 'किङ्स, सोल्जर एन्ड प्रिस्ट’ (१९९२) ह्वेप्टन नेपालसम्बद्ध भएर राष्ट्रियताको सीमा, जातीयता र धार्मिक प्रभावमाथि अन्तर्संवाद गर्दै हिँड्ने अन्तर्राष्ट्रिय प्रतिनिधि पात्र हुन् ।
पछिल्ला वर्षमा भने अर्का अध्येता डा. माइकल हट संयोजक रहेको 'आफ्टर द अर्थ भायोलेन्ट स्वे’ परियोजनामा नेपालमा गएका भूकम्पहरूको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभावमाथि अध्यन गर्नमा ह्वेप्टन व्यस्त छन् । लामो समयदेखि नेपाली इतिहासमाथि शोध र लेखन गरेबापत गत वर्ष राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट सम्मानित डा. ह्वेप्टन आफ्नो भूकम्प अध्ययन विषयमा स्रोतसन्दर्भ जुटाउन गत महिना काठमाडौं आएका थिए । 'म ३२ वर्षयता नेपाल–नेपालीमाझ नियमित भ्रमणमा आइराख्ने कुहिरे–पाहुना हुँ’ भन्न रुचाउने ६९ वर्षीय डा. ह्वेप्टनसँग गरिएको कुराकानी :
नेपाल र नेपाली विषयसँगको सरोकारमा तपाईं कसरी जोडिनुभयो?
म पहिलोपटक सन् १९७२–७४ मा कलेजमा पढाउन लेक्चररका रूपमा त्रिभुवन विश्वविद्यालयमा आएको थिएँ । त्यो पनि सुरुमा भारत वा पाकिस्तान जानुपर्ला भन्ने ठानेको थिएँ । संयोगले तानिएर अंग्रेजी शिक्षकका रूपमा नेपाल आएको हुँ । त्यसपछि आफ्नो छुट्टी मनाउन १९७७ मा आएको थिएँ । अनि, नेपालसँग अध्ययन र अनुसन्धानका कामहरूमा जोडिएर सन् १९८२ यता नियमितजसो आइरहेकै हुन्छु ।
त्यसमाथि आफ्नो पीएचडीको विषय ‘जंगबहादुरको उदय’ केन्द्रित र अझ भीमसेन थापाकै समयदेखिको (सन् १८१३) इतिहासमाथिको शोधसमेत भएकाले यहाँ अभिलेखालयमा आउने, पुस्तकालय धाउने र विज्ञहरूलाई भेट्ने काम निरन्तर भैरह्यो । सन् १९८७ यता म हङकङवासी भएकाले भौगोलिक आधारमा पनि तुलनात्मक रूपमा नेपालनजिकै आएर बसेको छु । समयमा आएको फेरबदल हेर्दा, सुरुमा नेपाल–नेपालीबारे अध्ययन गर्न थाल्दा म हङकङमा रहेका केही नेपालीको बूढा पुस्ता वा रेग्मी डाइजेस्ट (डिल्लीरमण संग्रह) आदिमा भर पर्नुपर्थ्यो ।
आज इन्टरनेट र अनलाइन सेवाबाट, गुगलबाटै भीमसेन थापा खोज्न सकिने समय आएको छ । आज म नेपाली पनि पढ्न सक्छु, अलिकति समय दिन सक्यो भने शोध–अनुसन्धानमा स्रोतसामग्री जुटाउन सकिने अलिक सजिलो समय आएको छ । मेरा लागि, व्यक्तिगत रूपमा भने अभि सुवेदी, कृष्ण हाछेथु, प्रत्यूष वन्त, किशोर नेपाल, डेभिड गेल्नर, माइकल हटजस्ता मित्रहरू नेपाल–नेपाली चिनाउने उहिलेदेखि अहिलेसम्मका सूत्रधार पनि हुन् ।
भूकम्प वा कुनै प्राकृतिक विपत्तिको विषयमा सरोकार राखेर प्राज्ञिक अध्ययन गर्नुपर्ने आवश्यकता किन देख्नुभयो?
हो, इतिहासको सन्दर्भ र विविध पक्षको लेखाजोखामा एउटा समाज वा सभ्यता के–कसरी प्रभावित बन्दै गयो, कसरी बदलिँदै गयो र परिवर्तनका कडीहरू के–के थिए भन्ने विषयमाथि पनि अध्ययन–मनन हुनैपर्छ । जस्तो, राणाकाल (१९९०) मा अहिलेसम्मकै नेपालमा आएमध्ये ठूलो महाभूकम्प आएको थियो, जहाँ १० हजारभन्दा बढी मानिस मरेका थिए ।
त्यसबेला त्यो विपत्बाट नेपाली समाज कसरी उठेको थियो, त्यस बेलाको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभाव के–कस्तो थियो भन्ने अध्ययन हुनु जरुरी छ । अहिले अध्ययन गरिंदै गरेको योजना २०१७ वसन्तबाट सुरु भएको हो, यो ३ वर्षे योजना हो । म भने १९९०, २०४५ र २०७२ सालका भूकम्पबीचको तुलनात्मक अध्ययन गर्दै छु ।
यस क्रममा १९९० सालको भूकम्प प्रभाव बुझ्न अधिकांशतः यसबारे लेखिएका लिट्रेचर भर पर्नुपर्यो । २०४५ सालको भूकम्पको प्रभाव सबैभन्दा बढी पूर्वको सुनसरी क्षेत्रमा परेकाले त्यहाँको स्थलगत, वस्तुगत अध्ययन गर्ने किशोर नेपालजस्ता पत्रकारको त्यस बेलाको अनुभव पनि बटुल्ने काम भयो । २०४५ को भूकम्पताका म काठमाडौं, कालधारामा बस्थें । त्यस बेला भक्तपुरमा समेत केही स्थानीय हताहत भएका थिए । तर, २०७२ को भूकम्पपछि मात्रै सही अर्थको सचेतना र भूकम्पप्रतिरोधी निर्माणका स्वरूपहरू देखा पर्न थालेका हुन् । यसपछि मात्रै भूकम्प र सचेतनाबारे बौद्धिक मन्थन, विलास सुरु भएको हो ।
‘रेडपान्डा’ भिडियोजस्ता प्राकृतिक विपत्तिमा जोखिम न्यूनीकरणसम्बन्धी सार्वजनिक सन्देश बाहिर आउन थालेका हुन् । प्रकोपको अवस्थामा आउन सक्ने र भूकम्पीय जोखिम न्यूनीकरण सिलसिलामा सार्वजनिक हितका यी सन्देशहरूले सचेतना बढाउन मद्दत गरेको देखिन्छ । यी स्रोत, सामग्री र सन्दर्भको त अध्ययन हुनैपर्छ भन्ठानेर यो काममा हात हालेको हुँ ।
तपाईंको अध्ययनमा १९९० को भूकम्पपछिको नेपाली सामाजिक स्थिति वा तत्काल उद्धार/समन्वयको स्थिति के–कस्तो थियो?
इतिहासको सम्झना र मूल्यांकन त्यस घडीमा आइपरेका कठिनाइ तथा संकटको सामना कसरी गरिएको रहेछ भन्ने अध्ययनबाट पनि सम्भव हुन्छ । जस्तो, १९९० को महाभूकम्पमा तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले कसरी उद्धार/समन्वय गरेका थिए भन्ने जिज्ञासा सबैभन्दा महत्त्वपूर्ण हो । सबैले थाहा पाएको र बुझेको यथार्थ के हो भने जुद्धशमशेर एक तानाशाह थिए तर मानवीय संकट र कठिनाइको त्यो घडीमा नेपाली जनताको घाउमा मलमपट्टी गर्ने सबैभन्दा असल शासक पनि उनै थिए ।
उनी तत्काल भूकम्पप्रभावित स्थलमा पुगेका थिए, मरेका वा घाइतेका परिवारमाझ सहयोगी हात फैलाउँदै हिँडेका थिए, मानवीय उद्धारको घडीमा कुनै प्रकारको विदेशी सहयोग नलिने भनेर देशभित्रकै स्रोतसाधनको परिचालनमा खुलेर लागेका थिए ।
विशेषत कुनै साम्राज्यवादी मुलुकको ‘अधीनस्थ’ हुन सकिने र सार्वभौम स्वतन्त्र मुलुकको हैसियतमा विदेशी छाया पर्ला कि भन्ने त्रास जुद्धमा थियो । भारतीय राज्य–रजौटा र उपनिवेशलाई सहयोग गरिरहेको बेलायती अधिराज्यले दिने सहयोग स्वीकार गरेमा त्यस्तै ‘अधीनस्थ’ होइएला भन्ने डर उनमा थियो । आज इतिहासको मूल्यांकन गर्दा एउटा शासकमा रहेको यो सोच आफैंमा निकै महत्त्वपूर्ण र दूरदर्शीसमेत रहेछ भन्ने लाग्छ ।
१९९०, २०४५ र २०७२ को भूकम्पपछिको स्थितिमा नेपाली समाजको अध्ययन गर्दा के विशेषता पाउनुभयो?
इतिहासमा उभिएका मुस्किलका घडीहरू हेर्दा नेपाली समाज र यहाँका सर्वसाधारण जन जत्तिको सहनशील तथा सहृदयी अरू कोही छैनन् भन्ने पुष्टि हुन्छ । ९० सालको भूकम्पपछि एक जना ब्रिटिस सर्जनले घाइते सर्वसाधारणको उपचारमा सहयोग गरेका रहेछन्, उनले लेखेका छन्— स्थानीयवासी नेपाली जत्तिको सहृदयी कोही पाइनँ । उनीहरू घाइते थिए, तर दुःख देखाइरहेका थिएनन् ।
उनीहरू एउटा खुला चौरमा भेला भएर बसेका थिए, कसरी सहज भएर दिन–रात काट्न सकिएला भन्ने ध्यानमा देखिन्थे । त्यस बेला पनि भत्केका निजी घर र सार्वजनिक स्थलहरूको झन्डै ४ वर्षको अन्तरमा मात्रै पुनर्निर्माण सम्भव भएको थियो । तर, सबै आन्तरिक स्रोत–साधनकै भरमा निर्माण भएका थिए ।
कुनै प्रकारको दातृ सहयोग लिइएको थिएन । त्यस बेला भूकम्पपीडित जनतालाई निश्चित मापदण्डमा ऋण दिइएको थियो, जुन पछि अनुदानमा बदलियो । २०४५ सालमा पनि ऋण प्रवाह त भयो तर, केही अंश मात्रै अनुदानस्वरूपमा बदलियो । २०४५ सालमा ५ हजार रुपैयाँको ऋण १ प्रतिशत ब्याजदरमा दिइएको थियो । त्यसभन्दा माथिको ऋणको ब्याजदर भने अलिक बढी थियो ।
पछि गएर सुरुमा लिइएको ५ हजार रुपैयाँ भने अनुदानमा बदलियो, त्यसमाथिको भने किस्तामा तिर्नैपर्थ्यो । त्यस बेला विश्व बैंकबाट सरकारले ऋण सहयोग लिएको थियो । त्यसमाथि पञ्चायती ‘कनेक्सन’ का आधारमा ऋण पाउन सकिने त्यस बेलाको अवस्था उति जनप्रिय बन्न सकेको भने थिएन । पछिल्लो भूकम्पपछि भने बैंकहरूको ब्याजदर र सर्तका कारण ऋण प्रवाहको स्थिति त्यति सहज रहेन, प्रभावकारी पनि देखिएको छैन ।
नेपालमा डिल्लीरमण रेग्मी, पुरुषोत्तमशमशेर जबरा, हृषीकेश शाह, मुकुन्दराज अर्याल आदिजस्ता विज्ञले पनि इतिहासमा जोडिएको विपत्बारे धेरै कुरा बताएका छन्, लेखेका छन् । अर्यालका अनुसार, १९९० मा पाटनमा महाबौद्ध मन्दिर पुनर्निर्माण गरिएको थियो । त्यसका लागि जुद्धशमशेरले स्थानीय गुठीलाई सुरुमा ऋण दिएर पछि अनुदानमा रूपान्तरित गरेका थिए ।
यति लामो समयदेखि नेपाली समाजको अध्ययनमा जुट्नुभएको छ। यहाँका अनुसन्धानकर्ता, विज्ञ र अध्ययन/अनुसन्धान आधारित संस्थामा के परिवर्तन पाउनुभएको छ? होइन, समयको बदलावले सबै कुरा बदलिएको छ । यहाँका प्रबुद्ध व्यक्ति वा संस्थासमेत अन्तर्राष्ट्रिय ज्ञान, पढाइ र दक्षता लिएर ‘ग्लोबल्ली’ सोच्ने तर ‘लोकल्ली’ काम गर्ने’ स्थितिमा पुगेका छन् । विषयमा निकै विविधता छाएको छ ।
माइग्रेसन, रेमिट्यान्सजस्ता विषय शोधमा आउन थालेका छन् । समावेशी र समानुपातिक महत्त्वका सामग्रीहरू अनुसन्धानबाट निस्कन थालेका छन् । ज्ञान, प्राज्ञ र प्रज्ञाको आयाम भने निकै आसलाग्दो देखिएको छ । बरु अलिक बृहत् रूपमा हेर्दा नेपाली सन्दर्भमा भ्रष्टाचार र बेथितिको कुरा भने ‘यथास्थितिवादी’ स्थितिमा छ कि जस्तो लाग्छ । --देवेन्द्र भट्टराई प्रकाशित : आश्विन ४, २०७६ ०९:५६