००७ सालमा पुर्विय नेपाल, भोजपुर बजारमा जन्मेको कवि रमेश श्रेष्ठ १७ बर्षको उमेरमा काठमाडौंमा पढ्नको लागि आए। उनका नेपाली कवितामा प्रस्तुत छ विद्यार्थी अंखाले देखेको पहाड र शहरको जीवन। भोजपुर देखिको सानोको साथी र नेपालको सबै भन्दा राम्रा कवि शैलेन्द्र साकारले लेखेको प्रस्तावना पनि छ।
पुरा पुस्तक PDF फाईलका रुपमा डाउनलोड गर्न सकिंछ। अनुक्रम तथा एउटा कविता तल राखिएका छन।। उनको अंग्रेजी कविता यहां पाईंछ।
भूमिका v रमेश श्रेष्ठका कविताहरु पढेपछि — शैलेन्द्र साकार ix
भोजपुर (वि.सं. २०१९–२०२२)
१. चन्द्रमा तारा र टुक्राहरु ३ २. म भित्रका अँध्याराहरु ६ ३. ऋतु : जिन्दगी र जगत्शून्य १० ४. गुराँसको जङ्गलमा १३ ५. भोजपुर बजार १५ ६. नयाँ अस्तित्वको खोजमा १८ ७. सिसिफस ... समर्पण १९ ८. जिन्दगी खोज्नु छ अब २१ ९. साँझ घुर्लुङ्ग बर्को ओढ्छ २३ १०. बुहारीझार झैं समय २५ ११. बक्र रेखामा जिन्दगी २६ १२. श्रापित रगतको विषाक्त हस्ताक्षर २७
कान्तिपुर (वि.सं. २०२३–२०२७)
१३. काठमाडौं उपत्यका र म ३१ १४. तीर्थाटन ३२ १५. नयाँ वर्ष २०२४ ३६ १६. कुइरोभित्रको सम्बोधन ३८ १७. स्वदेशी वन, स्वदेशी भन सम्हाल नेपाल ४० १८. हजार वर्षपछि जन्मनेछु ४३ १९. रक्षाबन्धन गाईजात्रा –२०२५ ४४ २०. मृत्यु दिवस ४६ २१. पुस्तकालय ४९ २२. यौटा बूढो रुख ५० २३. विव्रmम संवत् २०२५ ५३ २४. वेश्या काठमाडौं ५५ २५. राजा ५६
भिन्दै अस्तित्वको खोजमा खोला र समय जो बग्छन्, तिनलाई प्रतिवाद सुम्पेको छु जसरी कोइलीले प्रतिवाद गर्छ हरेक वसन्तमा हरेक वर्षलाई । विश्वास र मान्यताहरुलाई राम्रैसँगै कोपर्दै एउटा बिरालोले जस्तै युगको दर्याउने छाला कोपर्दै भिन्दै अस्तित्व खोजेको छु । पानीको छिद्रछिद्रभरि खोजिरहेछु माझीहरुको प्रस्ताव ।